काठमाडौं । अन्तिम मिनेटमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले बुधबार राति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेको छ । यससँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
उसले ब्रुनो फर्नान्डेजको गोलबाट युनाइटेडले ४३ औँ मिनेटमा अग्रता लिएको थियो । यससँगै युनाइटेड लगातार दशौँ जित नजिक थियो । तर, चार मिनेट इन्जुरी समयको पहिलो मिनेटमा माइकल ओलिसले गोल गरेपछि क्रिष्टल प्यालेस अंक खोस्न सफल भयो ।