July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

एमाले प्रमुख सचेतकको प्रश्न : सरकार कसका लागि बनेको हो ?

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:५0
एमाले प्रमुख सचेतकको प्रश्न : सरकार कसका लागि बनेको हो ?

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)को प्रमुख सचेतक पदम गिरीले सरकार कसको निम्ति बनेको हो भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् ।

“बैंकमा लगानीयोग्य पुँजी दुई खर्बभन्दा बढी छ । तर, हामीलाई ऋण चाहियो भनेर कोही जान सक्ने स्थिति छैन,” उनले भने, “ब्याज तिरेर व्यवसाय धान्न सक्ने स्थिति छैन । यसतर्फ सरकारले के हेरेर बसेको छ ? यो सरकार कसका निम्ति बनेको हो ?”

पैसा नभएको बहानामा कृषि मल वृद्धि गर्न लागेको र किसानलाई गुमराहमा राखेको बताए । सरकारका मान्छे विचौलियासँग जोडिएकाले कृषि उपजले उचित मूल्य नपाएको समेत दाबी गरे ।

उनले अर्थतन्त्रको अवस्था बिग्रिएको भनेर उपप्रधानमन्त्रीले बाहिर बोलको भन्दै अर्थमन्त्रीले संसद्मा किन नबोलेको भन्ने प्रश्न गरे ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्