March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ?

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

  • साझा परिवेश
  • बुधबार, माघ ११, २०७९ १९:४६
आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले छानबिन गर्ने निर्णय गरेको हो ।

बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको बताइएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरको बर्न सेन्टरमा आज बिहान निधन भएको हो ।

उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको अवस्था र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गराउँदै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।

  • साझा परिवेश
  • बुधबार, माघ ११, २०७९ १९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट