March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण

सांसद अरुणकुमार चौधरी पक्राउ

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ १६:२४
सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं । प्रतिनिधिसभाका सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । सांसद चौधरीलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बाँकेकाे कोहलपुरबाट पक्राउ गरी कैलाली जिल्ला अदालतमा बुझाउन लगिएको प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले डिसी नेपाललाई जानकारी दिए ।

प्रतिनिधि सभाका सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेका  थिए । चौधरी सहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते छ महिना कैद तोकेको थियो।

सांसद चौधरी सहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो।

२०७४ मा लम्कीचुँहाको मेयर र प्रदेश सभा सदस्यमा पराजीत चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनी रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीबाट विजयी भएका हुन्।

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।