April 2, 2023 | आइतवार, चैत्र १९, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

सरकारलाई रास्वपाको दुई दिने अल्टिमेटम

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ २१:४६
सरकारलाई रास्वपाको दुई दिने अल्टिमेटम


काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ ।
सरकारमा रहने वा सरकारबाट बाहिरिने भन्नेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारलाई दुई दिने अल्टिमेटम दिएको हो ।
वसुन्धरास्थित पार्टी कार्यालयमा बिहीबार साँझ बसेको बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले बताए । यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बिहीबार पाँच घण्टासम्म बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको हो।
बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। गृहमन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको थियो। सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः गृहमन्त्रालयमा दाबी गरेपछि सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको हो।
आफ्नो पार्टीलाई गृहमन्त्रालय नै चाहिने रास्वपाको दाबी र गृह मन्त्रालय आफैंसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडानमा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपाले पाउनु पर्ने बताएपछि साझेदार दलबीच अविश्वासको वातावरण सृजना भएको हो। मंगलबार गृहमन्त्रालयका विषयमा छलफल गर्न बालुवाटार पुगेका रविलाई प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय दिन नसक्ने जवाफ दिएका थिए। आज बसेको माओवादी स्थायी कमिटी बैठकले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्न आग्रह गरेको छ।
पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भए । लगतै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका छन् ।

 

त्यसका लागि प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ २१:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट