April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

झापा कारागारभित्र आगजनी र ढुंगामुडा प्रहार

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १७:00
झापा कारागारभित्र आगजनी र ढुंगामुडा प्रहार
  • झापा कारागारभित्र झडप
  • आगजनी र ढुंगा प्रहार
  • कैदीबन्दीको प्रहरीप्रति आक्रोस  

झापा । रन्जना काफ्ले ।।

झापा कारागारमा झडप भइरहेको छ। के कारणले झडप भएको हो भन्ने कुरा खुल्न सकेको छैन। आगो बालेर जमघट गर्दै ढुंगा प्रहार पनि भइरहेको छ। भित्र ब्यापक आगजनी भइरहेको छ, कारागार भित्रबाट ढुंगा प्रहार भइरहेको छ, प्रहरी भित्र जाने अवस्था पनि छैन, दमकलले आगो निभाउने काम भइरहेको छ।

बिगत केहि समय देखि शान्त भइरहेको कारागार के कारणले आज यो घटना भइरहेको छ भन्ने खुल्न सकेको छैन। बाक्लो प्रहरीको जमात देख्न सकिन्छ। बिधुतको लाइन पनि काटिएको छ, बाटोभरी ढुंगा मुडा देख्न सकिन्छ । कैदीहरु पुरै आक्रोसमा रहेको देख्न सकिन्छ। अर्को पनि दमकल मेचीनगरबाट आएको छ। कैदीबन्दीहरु भागेको पनि भन्ने हल्ला भइरहेको छ।

भित्रबाट लगातार ढुंगाप्रहार भइरहेको छ, आगोमा बाहिरबाट नै पानि हाल्ने काम भइरहेको छ। कैदीहरु छत माथी गएर कराउने गरिरहेका छन्। प्रहरीहरुले कारागारलाई चारैतिरबाट घेराबन्दी गरिरहेको छ। प्रहरीलाई लक्षितगरी ढुंगा प्रहार भएको छ।

भित्र प्रहरी प्रवेश गर्न सक्ने अवस्था नै छैन। ऐले आगो निभेको छ तर नाराबाजी भइरहेको छ। भद्रपुरस्थित झापा कारागारमा खास किन यस्तो भयो भन्ने खुल्न नसकेको मेचीनगरका संचारकर्मी खगेन्द्र घिमिरेले बताउनु भयो।

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट