नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई २४ घन्टे ‘अल्टिमेटम’ दिएको छ ।
नाउपाले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हो ।
सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको पार्टी प्रवक्ता दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘उनी २०६६ देखि आज सम्म कहि कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन् । त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के रे बसेको थियो । आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजय पश्चात यो मुद्रा किन उठ्यो र पूर्वाग्रह आँखाले किन हेरियो । यो सम्पूर्ण आदिवासी थारुजाति, पहिचानवादीहरूको अर्को विभेद हो ।’