काठमाडौं । विभिन्न माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । यो आन्दलोलनमा यातायात व्यवसायीहरुले पनि समर्थन गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा ३ फागुनसम्म माग पुरा नभए सार्वजनिक यातायात सेवा नै ठप्प पार्ने चेतावनीसहित अहिले विभिन्न स्थानहरुमा कोणसभाहरु गरिरहेका छन् ।
यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी ऐन विपरीत चल्दा यातायात क्षेत्र अस्तव्यस्त भएको र सडकमा राज्य आतंक भएको मजदुहरुको आरोप छ ।