April 1, 2023 | शनिबार, चैत्र १८, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:४४
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति

सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। यस मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ। उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ।

सरकारले मेडिकल संचालनका लागि मोडालिटी तयार पारेर निर्णय गरेपछि यहाँका प्रदेशबासीको मनमा आशा पलाएको छ।

गेटा मेडिकल कलेज संचालन गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेर आन्दोलनमा रहेका लोकराज पाण्डेले यो निर्णयले कलेज संचालन हुने आश गरेका छन्।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट