October 2, 2023 | सोमवार, अशोज १५, २०८०
सुचनाहरु
अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ? सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो उपसमितिको अपूर्णभएको प्रतिवेदनलाई पूर्ण बनाउँन आग्रह बुधबारपछि मौसममा क्रमिक सुधार हुने कोशीको मतगणना पाँच बजेपछि प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड प्यूठानको लालीगुराँस सहकारीमा लुटपाट संघीय निजामती विधेयकविरुद्ध आन्दोलन भक्तपुरको दुवाकोटमा नेक इन्जेनियम प्रदर्शनी २०२३ हुने सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ? ‘कीभ बैठकबाट यूरोपेली संघको भविष्यको सीमा निर्धारण’ संसदीय समितिले कैद माफीबारे गृहमन्त्री बोलाएर छलफल गर्ने उडान प्रभावले अधिवेशनमा ओली आउन ढिला सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको कानुनमन्त्री गुरुङको गुनासो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत पेमेण्ट गेटवेमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा दायर स्थानीय तहका कर्मचारी सडकमा, कालोपट्टि बाँधेर काम ठप्प हामि आफैंले व्यवस्थालाई दोष दिन मिल्दैन : मन्त्री गुरुङ अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै पाेखरामा दृष्टिविहीन शिक्षिका अनसनमा सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक

स्कर्पियोले ठक्कर दिँदा १३ वर्षे बालकको निध

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १३:३१
स्कर्पियोले ठक्कर दिँदा १३ वर्षे बालकको निध

वीरगन्ज । पर्सामा सडकमा गुडिरहेको स्कर्पियोले ठक्कर दिँदा एक १३ वर्षीय बालकको निधन भएको छ ।

आज बिहान ८:३० बजे ठोरी गाउँपालिका-४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगन्ज तर्फ आउँदै गरेको बाग्मती प्रदेश -०१-०२७ च ०३०३ नम्बरको स्कर्पियोले एक बालकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कोचिङ पढेर फर्कँदै गरेका ठोरी गाउँपालिका-४ विजयवस्ती बस्ने वर्ष १३ को विश्वास श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते श्रेष्ठको तराइ अस्पताल वीरगन्जमा ल्याई उपचार हुँदाहुँदै १०:१५ बजे चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटना भएपछि फरार रहेको स्कर्पियो र चालकलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले चालक चितवनको माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्त र दुर्घटना गराउने स्कर्पियोलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरी बताए ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।