March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा? मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

प्रदेश १ को नाम कोशी प्रदेश राखिएकोमा पहिचानवादीहरुको विरोध

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ २0:५९
प्रदेश १ को नाम कोशी प्रदेश राखिएकोमा पहिचानवादीहरुको विरोध

गणेशकुमार श्रेष्ठ (ताप्लेजुङ )
प्रदेश नं. १ प्रदेश सभाले ६ वर्ष पछि गरेको नामाकरणको ताप्लेजुङका पहिचानवादी दलहरुले विरोध गरेका छन् । प्रदेश सभाले हिजो १७ गते प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको थियो । उक्त नामाकरणको आज ताप्लेजुङमा पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् ।
प्रेश विज्ञप्तीमा भनिएको छ– दश वर्षे जनयुद्ध २०६२÷६३ को जन आन्दोलन, मधेश जनविद्रोह, लिम्वुवान, थारुहट, महिला, मुश्लिम र सम्पूर्ण उत्पिडित जाती वर्ग, क्षेत्रका जनताको बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यो युगान्तकारी परिवर्तन पछि जारी भएको संविधानले नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र क्षेत्रिय रुपले विविधतायुक्त मुलुकको रुपमा स्वीकार गरेको छ । तर यसको मूल मर्म विपरित २०७९ फाल्गुण १७ गते प्रदेश १ प्रदेश सभा बैठकबाट छापामार शैलीमा प्रदेश १ को नामाकरण गरिएको छ । त्यस प्रति हाम्रो गम्भिर असहमति रहको छ ।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, जनता पार्टी नेपाल, किराँत याक्थुङ चुम्लुङ, किराँत धर्म उत्थान संघ ताप्लेजुङद्वारा संयुक्त रुपमा निकालिएको प्रेश विज्ञप्तीमा पहिचानको आधारमा नामाकरण गर्नुपर्ने माग गरिएको भए पनि नाम के हुनु पर्ने भन्ने खुलाइएको छैन ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ २0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।