December 6, 2024 | शुक्रबार, मंसिर २१, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान सुरु

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ 0९:४२
गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान सुरु

साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ ।

कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।

जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनबाट उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेको थियो ।
यसअघि जजिराले फेब्रुअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिए पनि उडान भएको थिएन ।

अन्तर्राष्ट्रिय उडान रोकिंदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा भएको ४० अर्ब बढी लगानीले प्रतिफल पाउन नसकेको भन्दै व्यवसायीहरु चिन्तित बनेका थिए ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गराउन जिल्लाका सांसदले प्रतिनिधि सभा वैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।

एउटा एयरलाइन्सको हप्ताको तीनवटा मात्र उडानले विमानस्थल दीगो रुपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका हुन् ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा महिनाको ३० लाखसम्म घाटा हुने गरेको प्रवक्ता झाले बताए ।

 

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ 0९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्