May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

झापाको रतुवामाई वृक्षारोपणमा भेटिएका शव १२ दिनअघि बेपत्ता भएका बेलबारीका लिम्बुको

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५१
झापाको रतुवामाई वृक्षारोपणमा भेटिएका शव १२ दिनअघि बेपत्ता भएका बेलबारीका लिम्बुको

झापाको शिवसताक्षीमा फेला परेको शवको पहिचान खुलेको छ । कात्तिक १० गतेबाट हराइरहेका मोरङ बेलबारीका लिम्बू थरका व्यक्तिको शव त्यहाँ फेला परेको हो । शवसँगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आफन्तहरू नआइपुगेकाले शवको पहिचान प्रस्ट भई नसकेको उनले बताए ।

बिर्तामोडमा रहेका आफन्तहरू आइसकेपछि पहिचान गर्ने काम हुने इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए । शिवसताक्षी वडा नम्बर ११ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा बुधबार दिउँसो शव फेला परेको हो ।

जंगलमा घाँस काट्ने जाने महिलाहरूले सडेकोजस्तो गन्ध फैलिएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २५देखि ३० वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको पुरै शरीर सडेको अवस्थामा छ ।
जिल्ला प्रहरीका अनुसार कालो टिसर्ट, कालो जिन्सको पेन्ट, निलो रङ्गको ब्याग फेला परेको छ । ब्यागभित्र गाँजा र मदिरा समेत फेला परेको छ । शवको ३ मिटर नजिकमा भिभो मोबाइल फोन सेट समेत फेला परेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट