March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास सुपारी र कुखुराको अवैध आयात रोक्न माग ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस्

नयाँ राष्ट्रपतिको स्वागत र निवर्तमान राष्ट्रपतिको बिदाइ तयारी गर्दै शितलनिवास

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ १0:२२
नयाँ राष्ट्रपतिको स्वागत र निवर्तमान राष्ट्रपतिको बिदाइ तयारी गर्दै शितलनिवास

नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र कार्यकाल सकेर निवास फर्कने तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको तयारीमा राष्ट्रपति कार्यालय शितलनिवास जुटेको छ।

सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउने कार्यक्रम छ। शपथलगत्तै राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको आसन सुम्पने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आइतबार सकिएको हो। २०७४ साल फागुन २९ गते उनी दोस्रो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

नयाँ राष्ट्रपति पौडेलले पदभार सम्हालेपछि आजै दिउँसो भण्डारी निवास सर्ने कार्यक्रम छ। ‘उहाँ आजै निवास सर्नुहुन्छ,’ राष्ट्रपति भण्डारीका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले सेतोपाटीसँग भने।

भण्डारी सर्नका लागि बूढानिलकण्ठस्थित घर मर्मतको काम भइरहेको छ। २०७२ सालको भूकम्पमा भण्डारीको घरमा क्षति पुगेको थियो। घर मर्मतको काम नसकेसम्म भण्डारी छोरीको घरमा सर्न सक्ने पनि बताइएको छ।

नयाँ राष्ट्रपति पौडेल आज निजी निवासबाट शितल निवास सर्ने तयारीमा छन्। पौडेल बोहराटारस्थित निवासमा बस्दै आएका थिए।

यसैबीच राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरेकी छन्।

नयाँ राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू शितल निवास पुगेका थिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने राष्ट्रपति निवास शितल निवास पुगेनन्। व्यक्तिगत र पार्टीगत कामका सिलसिलामा व्यस्त रहेकोले आफू शितल निवास आउन नसक्ने उनीहरूले जानकारी गराएका थिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन्।

शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा भएको भन्दै बधाई दिएका थिए।

 

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट