July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ?

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:१६
बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ?

काठमाडौं 

बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।

फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

स्ट्यान्डर्ड चार्टर्डको ब्याजदर यथावत

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.४२ प्रतिशत ब्याजदर दिएको थियो ।

चैतमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ । बचतमा ८.४२ प्रतिशत ब्याजदर दिएकाहरुले भने त्यसलाई घटाएर ८ प्रतिशत कायम गरेका छन् ।

बैकहरूले बचतमा दिएको ब्याजदरको तल्लो सीमा र मुद्दती निक्षेपको माथिल्लो सीमा बिचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरूले सोही सीमाभित्र रहने गरी बचतमा न्युनतम ६ प्रतिशत कायम गरेर मुद्दतीको ११ प्रतिशत ब्याजदर यथावत राखेका हुन् ।

वाणिज्य बैंकले बचतको मात्रै ब्याजदर घटाए पनि विकास बैंक र वित्त कम्पनीले भने मुद्दतीको ब्याजदर पनि सामान्य घटाएका छन् ।

विकास बैंकहरूले मुद्दतीको ब्याजदर ११.७५ प्रतिशतबाट ११.६० प्रतिशत कायम गर्दा बचतमा फागुनसम्म ६.७५ देखि ८.७५ प्रतिशत थियो । आज चैत १ गतेदेखि ६.६ देखि ८.६ प्रतिशत कायम भएको छ ।
वित्त कम्पनीले फागुनमा मुद्दतीमा १२.२० रहेको ब्याजदर चैतमा १२ प्रतिशतमा झारेका छन् । यस्तै बचतको ब्याजदर पनि ८ देखि ९ प्रतिशतबाट घटाएर ७ देखि ९ प्रतिशत कायम गरेका छन् । केही फाइनान्सहरुले बचतको न्युनतम ब्याजदर ८ प्रतिशत नै यथावत राखेका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट