May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जनकपुरमा युवतिलाई जिस्काउने तीनमध्ये एक जना मोटरसाईकलसहित पक्राउ, दुई फरार

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १५:२६
जनकपुरमा युवतिलाई जिस्काउने तीनमध्ये एक जना मोटरसाईकलसहित पक्राउ, दुई फरार

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बाटो हिँडदै गरेकी युवतिहरुलाई जिस्काउने तीन जना युवकहरुमध्ये एक जना मोटरसाईकलसहित पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले समाजिक सँजालमा तस्विरहरु भाईरल भएपछि उनीहरुको खोजतलास सुरु गरेको थियो । बुधबार समाजिक सँजालमा युवति जिस्काएको र हातले समात्न खोजेको तस्विर, भिडियोहरु सार्वजनिक भएपछि तीनै जनालाई खोजतलास सुरु गरिएको थियो ।

प्रदेश २ ००२ प ७४११ नम्बरको पल्सर मोटरसाईकलमा बसेका तीन जना युवकले बाटो हिडदै गरेकी विद्यार्थी (युवति) हरुलाई दुरव्यवहार गरेको तस्विर र भिडियो समाजिक सँजालमा भाईरल बनेको थियो ।

धनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् ।

उनीहरु महोत्तरी जिल्लाको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट