May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर

गाउँपालिकाले नयाँ अधिकृतलाई हाजिर गर्न नदिएपछि…..

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:४९
गाउँपालिकाले नयाँ अधिकृतलाई हाजिर गर्न नदिएपछि…..
  • निजामती सेवाको शाखा अधिकृत पास गरेका राजीव रिमाल
  • प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र हात पर्यो 
  • खाली रहेको पदमा मन्त्रालयले रिहाललाई खटायो 
  • स्याङ्जा पुगेका रिमालले हाजिर गर्न पाएनन्

पोखरा ।।

पर्वतका राजीव रिमालले हालैमात्र निजामती सेवाको शाखा अधिकृत पास गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र थमाएको थियो ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयको सरुवा भएपछि खाली रहेको पदमा मन्त्रालयले रिहाललाई खटाएको थियो । मन्त्रालयले पत्र दिएको २१ औं दिन (सोमबार) कार्यालयमा हाजिर हुन स्याङ्जा पुगेका रिमालले हाजिर गर्न पाएनन् ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आफूहरुको संघीय सरकार अन्तर्गतको सामान्य प्रशासन मन्त्रालयसँग लडाइँ भइरहेकाले हाजिर गराउन नसक्ने जवाफ दिएको रिमालले बताए ।

‘यो व्यक्तिगत लडाइँ होइन, गाह्रो नमान्नुहोला, हाम्रो लडाइँ मन्त्रालयसँग चलिरहेको छ’, पालिका प्रमुख थापाको भनाइ उधृत गर्दै रिमालले भने , ‘सहजीकरण गरिदिनुहुन्छ भने गरिदिनुहोस्, होइन भने माफ गर्नुहोला तपाईंलाई हाजिर गराउन सक्दैनौं ।’

 

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।