May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

अब आलु र प्याजको आयात हुन नदिने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:३0
अब आलु र प्याजको आयात हुन नदिने

काठमाडौं ।।

व्यवसायीले आलु र प्याजको आयात रोकेका छन् । सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीले बताएका हुन् । आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत गर्न सहज नहुने नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले बताए ।

दैनिक उपभोग गरिने आलु तथा प्याजमा लगाइएको भ्याटले भान्सा महँगिने भन्दै यसलाई खारेज गर्नुपर्ने उनको माग छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यी वस्तुमा लगाइएको भ्याट हटाउनुपर्ने व्यवसायीले माग गरे ।

५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा सरकारलाई भ्याट तिर्नुपर्ने भएकाले यसले व्यवसायीलाई असहज बनाएको उनीहरूको भनाइ छ । आयातकर्ताले डिलरलाई यस्ता वस्तु दिँदा भ्याटमा दर्ता भएको हुनुपर्ने भएकाले आलु र प्याज आयात गर्न नसकेको संघका महासचिव प्रकाश गजुरेलले बताए ।

अध्यक्ष बानियाँले सरकारले हचुवामा यो निर्णय गर्दा व्यवसायी मर्कामा परेको गुनासो गरे । हाल वार्षिक २० अर्ब रुपैयाँको प्याज र आलुको कारोबार हुने गरेको उनले बताए । व्यवसायी उज्ज्वल कार्कीले यो नीतिले नेपाली कृषकको उत्पादनमा पनि भ्याट लाग्ने बताए । व्यवसायी भ्याटमा दर्ता भएकाले भ्याट बिल नकाटे सरकारले कारबाही गर्ने भन्दै यसलाई खारेज गर्नुपर्नेमा उनले जोड दिए ।

हाल ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको उनले जानकारी दिए । बजारमा खपत हुने ६० प्रतिशत आलु भारतबाट आयात हुने पनि उनले बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट