October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न,सर्वसाधारण भन्छन हामिलाई थाहानै छैन

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ ११:४५
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न,सर्वसाधारण  भन्छन हामिलाई थाहानै छैन

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार इनरुवा नगरपालिकाको कार्यालयमा नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को दोस्रो चौमासिकसम्ममा सम्पादन गरेको कामको प्रभावकारीता,नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको इनरुवा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सम्पन्न गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चितताका निम्ति आफ्नै सार्वजनिक सुनुवाई कार्यविधि निर्माण गरि सरोकारबाला नगरबासीको न्युन सहभागितामा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको स्थानीयले बताए ।
सर्वसाधारणहरुले उक्त कायैक्रमको बारेमा आफुहरुले कुनै जानकारी नपाएको गुनासो समेत गरेको छ । इनरुवा–२ निवासी शिवनारायण मेहताले आफु बजार आएको र नगरपालिकामा भिडभाड देखेपछ नगरपालिका जाँदा सार्वजनिक सुनुवाई कार्यक्रम भैरहेको थाहा पाएको बताउनुभयो । आफुले उक्त कार्यक्रममा आफो कुरा राख्न समेत नपाएको उनको भनाई छ ।
कर्यक्रममा आम सर्वसाधारणको उपस्थितिले नै इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको कार्यप्रती वडा वासी सन्तुष्त नरहेको प्रष्ट देखिएको रंजित मेहताले बताए । फेसबुकमा प्रचारवाजी गरेर सबैलाई जनकारी गराएको उनको भनाई छ । उनका अनुसार उक्त कार्यक्रम खुल्ला ठाउँमा हुनुपथ्र्यो र इनरुवाका सबै वडाका वडावासीहरुको सहभागिता हुनुपर्ने ठाउँमा नगरपालिका भित्रनै सिमित मानिस राखि बजेट गर्च गर्ने योजना मात्र रहेको थियो ।
इनरुवा २ निवासी प्रकाश मेहताले इनरुवा घण्टा घर र निर्माण किन अवरोध भएको भन्दै घण्टा घर निर्माण कार्य अगाडि बढाउनुपर्ने, विद्यालयमा माटो पुर्ने काममा पारदर्शिता गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने सुझाव राखेका थिए । त्यस्तै इनरुवा–५ निवासी रोहित चौधरीले नगरदेखी वडासम्म अपांगमैत्री भवन निर्माण र अपागंमैत्री व्यवहार गर्नुपर्ने, चरा संग्राहालयको यर्थात सार्वजनिक गर्नुपर्ने, इनरुवा ४ को कालोपत्रे अनियमितताको छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कृषि तथा पशु क्षेत्रमा बजेट बढाउनुपर्ने माग गरेका थिए ।

नगरपालिकाकाको आयोजना तथा साझेदारी नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको सूचना प्रविधि अधिकृत निरज पोखरेलले जानकारी दिए । कार्यक्रमको सहजिकरण पत्रकार जयकृष्ण यादव र सुकष्देव चौधरीले येका थिए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्