May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

१ अर्ब तिर्न नसकेर कोहीनुर हाउजिङ लिलाम हुँदै

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १५:५४
१ अर्ब तिर्न नसकेर कोहीनुर हाउजिङ लिलाम हुँदै
  • सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलाम हुने
  • ऋण दाता कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना आह्वान
  • लिलामी सकार्न ३५ दिनको समय अवधि दिइयो 

काठमाडौं ।।

सहकारी संस्थाको रकम अपचलनको आरोप खेपिरहेका व्यापारी सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलाम हुने भएको छ । ललितपुरको इमाडोलमा रहेको निर्माणधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न ऋण दाता कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना आह्वान गरेको हो ।

१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहीनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाइएको कोषको सूचनामा उल्लेख छ । ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएको कोषले जनाएको छ । लिलामी गरेर ऋण असुल गर्नुपर्ने भन्दै कोषले लिलामी सकार्न ३५ दिनको समय अवधि तोकेको छ ।

कोषलाई बस्नेतले हाउजिङका लागि लिएको २३ करोड र त्यसको साँवा तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नु पर्ने दायित्व छ । बोलपत्र फाराम सञ्चय कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोकबाट भर्न सकिने सञ्चय कोषले जनाएको छ ।

एक हजार रुपैयाँ फिर्ता नहुनेगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खातामा जम्मा गरेर सूचना सार्वजनिक भएको ३५ औं दिनको १ बजेभित्र खरिदका लागि प्रस्ताव गर्न सकिने कोषले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट