sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बर्जुमा विकास निर्माणमा भ्रष्टचार, सुचना माग्दा उल्टै मुद्दा

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १२:३१
बर्जुमा विकास निर्माणमा भ्रष्टचार, सुचना माग्दा उल्टै मुद्दा

बर्जु । बर्जु गाउँपालिकामा ठेकेदारसँगको मिलेमतोमा निर्माणका काम अगाडी बढाएर चरम भ्रष्टचार र बेथिती बढेको स्थानीयले आरोप लगाएका छन् । विकास निर्माणका कामहरुका बारेमा स्थानीयलाई सोध्न र बुझ्न पाउने अधिकारबाट समेत बन्चित गराउँदै स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबाट भ्रष्टचार हुने गरेको आरोप लगाइएको हो ।

स्थानीय चारजना युवाहरुले बर्जु गाउँपालिका २ र ४ जोड्ने भीमपुर–गुजेलाल ११ सय मिटर सडक र बर्जु–४ होरबनी ७०० मिटर दुरीको सडक कालोपत्रे कमसल भएको भन्दै मापदण्ड उल्लेखित लागत अनुमान प्रतिवेदन माग गरेका थिए । २ करोड ६८ लाख रुपैँया बजेटमा जम्मा १८०० मिटर सडक निर्माणको काम आर.के.कस्ट्रक्सनले गर्दै आएको छ । मापदण्डमा फिलिङ्गका लागि ६४०३ घनमिटर माटो प्रयोग गर्नुपर्ने उल्लेख भएपछि २५ सय घनमिटर मात्रै प्रयोग भएको पाइएको छ ।

स्थानीय दिपक राय, विवेकानन्द यादवसहितका चारजना युवाहरुले गुणस्तरहिन काम भएको भन्दै गाउँपालिकाले तयार पारेको गुरुयोजना र त्यसका आधारमा बनेको लागत अनुमान, अन्तिम ठेक्का सम्झौता हुँदाको विवरण समेत माग गरेर प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतासँग सुचना माग गरेका थिए । लिखित सुचना माग गरेपनि दिन आलटाल गरिएको उजुरीकर्ता यादवले जानकारी दिए । पन्ध्रदिन अगाडी लिखित निवेदन दिएर सुचना मागेका उनीहरुलाई आइतबार प्रमुख प्रशासकिय अधिकृत मेहताले अर्को निवेदन दिनुपर्ने भनेका थिए । पहिलाको निवेदन हराएको भन्दै नयाँ निवेदन माग गरेर प्रमुख प्रशासकिय अधिकृत मेहताले कार्यपालिका बैठकबाट निर्णय भएपछि उपलब्ध गराउने भन्दै तोक लगाएका छन् ।

त्यसपछि युवाहरुले सुचना दिनुपर्ने माग गर्दा उल्टै अभद्र व्यवहार गरेकोले कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीसँग माग गरिएको उनीहरुले बताएका छन् । ठेकेदारसँग मिलेर लागत भन्दा बढी रकममा योजना खडा गर्ने र मापदण्डमा तोकिएको भन्दा कम र न्यून गुणस्तरको सामाग्री प्रयोग गर्ने गरेर सेटिङमा पैसा खाने गरेको आरोप छ । प्रशासकिय अधिकृत मेहताले सेवाग्राहीको कुनै कुरा नसुन्ने भएका कारण कसैले कुनै योजनाको विषयमा सोध्न बुझ्न जाँदा चुकुल लगाएर कार्यकक्षमा बस्ने गरेको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत मेहतासँग यस विषयमा बुझ्न बारम्बार फोन गर्दा रिसिभ गरेनन् ।
  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid