May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

अलैंची निर्यात बढ्यो ; ६ महिनामा झन्डै ४ अर्बको निर्यात

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० 0९:१९
अलैंची निर्यात बढ्यो ; ६ महिनामा झन्डै ४ अर्बको निर्यात

काठमाण्डौ – चामल, दाल, कोदो, मकै, दाल लगायतका खाद्यान्न र तरकारीको आयात बढिरहँदा अलैँचीको भने निर्यात बढेको छ । कृषि उत्पादनसँगै धेरै वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको भने निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा झण्डै चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २८ लाख ६६ हजार ७६० किलो अलैँची निर्यात भएको छ ।

विभागका अनुसार गएको वर्षको यसै अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको ११ लाख ६८ हजार ३०६ किलो अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड रुपैयाँ बराबरको अलैँची निर्यात बढेको छ ।

देशमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा अलैँची रहेको छ । नेपालमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च रहेको छ ।

यस वर्ष अलैँचीको मूल्य दोब्बरले बढ्दा किसान उत्साहित भएका छन् । पूर्वका विभिन्न जिल्लामा उत्पादन हुने अलैँची भारत, जर्मनी, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० 0९:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट