sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेसिनले साँच्चै झूट पत्ता लगाउछ ?

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १३:१२
मेसिनले साँच्चै झूट पत्ता लगाउछ ?

काठमाडौं । आरोपीले साँचो बोलेको वा झुट बोलेको पत्ता लगाउन सक्ने मेसिन पाए प्रहरीहरु पक्कै आभारी हुनेछन । लाइ डिटेक्टर र मस्तिष्क स्क्यान मेसिनहरू त्यसो गर्न सक्षम छन् तर के तिनीहरूका रिपोर्टहरू सही छन् रु यदि कसैले आफ्नो छिमेकीलाई मारेर आफ्नो बगैंचामा गुलाबको फुल मुनि गाडिदियो अनि पुलिसले त्यो कुरा उसँग सोध्यो भने उसको प्रतिक्रिया कस्तो होला रु उसले आँसु बगाउला कि हात खुट्टा पसिनाले चिसो होला रु मनमा कस्तो प्रतिक्रिया आउला रु सम्भवत यी प्रश्नको जवाफ दिदै गर्दा पुलिसले उसको झुट समात्ने हो कि रु यदि पुलिसकर्मीले त्यस्तो कुनै संकेत देखेनन् भने, पक्कै पनि झुट पत्ता लगाउने मेसिन वा पोलिग्राफले यो झूट समात्नेछ । अहिले चलिरहेको चलन त यहि हो ।

विवादास्पद परीक्षण

झूट पत्ता लगाउने उपकरण वा पोलिग्राफले शारीरिक प्रतिक्रियाहरू हेर्छ, छाला कत्तिको प्रवाहकीय छ, मुटुको धड्कन कति छिटो छ र रक्तचाप कस्तो छ। मेसिनले कसैले झूटो बोल्यो वा सत्य बोल्यो भनेर मात्र भन्न सक्दैन। यसलाई समात्न विभिन्न किसिमका प्रश्न सोधिन्छन् ताकि प्रतिक्रिया पाउन सकियोस् । कतिपय प्रश्न परीक्षणका लागि मात्र सोधिन्छन्, तिनका उत्तर परीक्षकलाई पहिले नै थाहा हुन्छ। त्यसपछि केही प्रश्नहरू शंकास्पद अपराधसँग सम्बन्धित हुन्छन् । प्रश्नहरू यसरी बनाइन्छ कि मानिसले प्रायः त्यसमा झूट नै बोल्छ ।

अमेरिकामा पोलिग्राफ मेसिनमा प्रायस् नियन्त्रित प्रश्नहरू प्रयोग गरिन्छ। कतिपय सरकारी कार्यालयहरूले यसलाई आवेदकहरू छनोट गर्न पनि प्रयोग गर्छन्। यो विधि एकदमै विवादास्पद छ र केहि वैज्ञानिकहरुका अनुसार भरपर्दो पनि छैन। बर्लिन सेन्टर फर एडभान्स्ड न्यू इमेजिङका निर्देशक जोन डिलन हेनेस भन्छन् – “क्लासिक डिटेक्टरहरूले मानिसलाई कति उत्तेजित गरेको छ भनेर नाप्छन् र तिनीहरूलाई समात्छन् तर पोलिग्राफबाट भाग्न सिक्न सकिन्छ।”

मेसिनले कसरी काम गर्छ ?

जो कोही पनि डर, क्रोध वा आश्चर्यको भावनाले उत्तेजित हुन सक्छ। फरेन्सिक मनोविज्ञान विशेषज्ञ हान्स जर्ज रिल भन्छन्, “एक निर्दोष व्यक्तिले पनि हत्याको प्रश्नमा दोषी व्यक्ति जस्तै प्रतिक्रिया दिन सक्छ।” यहि कारणले यो विधि जर्मनीमा अवैध छ । यसमामा प्रश्न सोध्ने तरिकाले निर्णय गरिन्छ । परीक्षकहरूले ‘दोषी ज्ञान’ परीक्षणको साथ संयोजनमा पोलिग्राफ प्रयोग गर्न सक्छन्। यो परीक्षणमा परीक्षकले प्रश्न सोध्छन् र धेरै सम्भावित उत्तरहरूको विकल्प पनि दिन्छन ।

अन्वेषकहरूका अनुसार यदि संदिग्धले सही जवाफमा ओभररिएक्ट गर्छ भने उसलाई हत्याको बारेमा भन्दा बढी थाहा छ । यसले अपराधमा प्रतिवादी संलग्न भएको पनि संकेत गर्न सक्छ। “जापानमा पुलिसले पोलिग्राफ र दोषी ज्ञान परीक्षण धेरै प्रयोग गर्दछ ठूलो सफलता संगै ,”रिल बताउँछन्।

टेक्नोलोजीले झूट समात्न सक्दैन, हो यसले निश्चित रूपमा बताउन सक्छ कि व्यक्तिलाई उसले विश्वास गरिरहेको छ वा छैन भन्ने भन्दा बढी थाहा छ। ह्याम्बर्ग युनिभर्सिटी मेडिकल सेन्टरका म्याथियास ग्यामर झूट पत्ता लगाउनु सजिलो काम नभएको बताउँछन्, “झूटसँग सम्बन्धित हाम्रो मस्तिष्कको कुनै पनि विशेष भाग छैन।” तर, यसका बावजुद ‘नो लाइ एमआरआई’ जस्ता कम्पनीहरूले ब्रेन स्क्यानबाट पैसा कमाउँदै आएका छन् । बर्लिनका जोन डिलन हेन्स उक्त दाबीमा विश्वास गर्दैनन्, “अहिले उपलब्ध मस्तिष्क स्क्यानिङ विधिहरू झूट पत्ता लगाउन सक्षम छैनन्। ” यस्तो कम्प्युटर सफ्टवेयर पनि बजारमा उपलब्ध छ जसले तपाईको आवाज सुन्छ र तपाई साँचो बोल्दै हुनुहुन्छ वा झुट बताईदिन्छ। कति छिटो बोल्दै हुनुहुन्छ, कति चर्को स्वरमा बोलिरहनुभएको छ , यी सबैको बिश्लेषण गरेर नतिजा निकालिन्छ । तर विज्ञहरूलाई त्यस्ता मेसिनहरूमा पनि विश्वास छैन ।

गेमरले यस्तो सफ्टवेयरको परीक्षण गरिरहेको बताउँछन्, “सत्यलाई झूटबाट अलग गर्न त्यति सजिलो छैन। यो जटिल काम गर्न सक्ने कुनै प्रविधि छैन”। उनको सल्लाह छ( मेसिनमा कम र आफ्नै अनुभवमा बढी भर पर्नु उचित हो । अदालतमा मनको आवाज नसुने पनि मनलाई विश्वास गर्न सकिन्छ र यसमा एक पैसा पनि खर्च हुनेछैन ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid