May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ?

तिज र संविधान दिवस ‘एक भागवत् र एक गीता’ ले राम्रै मनायो

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १७:0२
तिज र संविधान दिवस ‘एक भागवत् र एक गीता’ ले राम्रै मनायो
  • ‘एक भागवत् र एक गीता’लाई विकडेजमा राम्रो अकुपेन्सी प्राप्त
  • संविधान दिवसको दिनमा बुधबार फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक
  • प्रमुख मल्टिप्लेक्समा अपरान्ह र बेलुकीको शोको अकुपेन्सी ८० देखि शतप्रतिशत देखियो 

काठमाडौं ।।

सुरुवाती दिनमा कमजोर ओपनिङ गरेको फिल्म ‘एक भागवत् र एक गीता’लाई विकडेजमा राम्रो अकुपेन्सी प्राप्त भएको छ । संविधान दिवसको दिनमा बुधबार फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ । प्रमुख मल्टिप्लेक्समा अपरान्ह र बेलुकीको शोको अकुपेन्सी ८० देखि शतप्रतिशत देखिएको छ । क्यूएफएक्स, बिग मुभिज, आईएनआई लगायतका मल्टिप्लेक्समा अपरान्हपछिका शोमा दर्शक खचाखच देखिएका छन् ।

‘सुरुका दिनमा केही कमजोर देखिएको फिल्मको अकुपेन्सी बुधबारसम्म आइपुग्दा हामी उत्साहित छौं । प्रायः ठाउँमा मंगलबार र बुधबारका शो हाउसफुल देखिएका छन्,’ वितरक गोविन्द शाहीले भने, ‘हामी क्रमशः सकारात्मक वर्ड अफ माउथको प्रभाव कुरिरहेका छौं ।’ शनिबार, हरितालिका तीज र बुधबार परेको लगातारको सार्वजनिक बिदाको फाइदा फिल्मलाई देखिएको छ । सप्ताहन्तभन्दा विकडेजका शो खचाखच हुनुमा लगातारको बिदालाई कारण मानिएको छ ।

हुन सक्छ यही कारण मल्टिप्लेक्स झरना थापा निर्देशित फिल्मको शो संख्यामा वृद्धि गरेका छन् । ‘एकातिर हलले शो वृद्धि गर्नु र अर्कोतिर दर्शकको उपस्थिति बढ्नुले हामी उत्साहित छौं,’ शाहीले भने । यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशमा आधारित यो फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतको शीर्ष भूमिका छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

हुन सक्छ यही कारण मल्टिप्लेक्स झरना थापा निर्देशित फिल्मको शो संख्यामा वृद्धि गरेका छन् । ‘एकातिर हलले शो वृद्धि गर्नु र अर्कोतिर दर्शकको उपस्थिति बढ्नुले हामी उत्साहित छौं,’ शाहीले भने । यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशमा आधारित यो फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतको शीर्ष भूमिका छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।