काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा। सुरेन्द्र शेरचन नियुक्त भएका छन् ।
उनलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा। विश्वराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा शपथ खुवाइएको हो ।
यस अघिका रेक्टर डा. सतिसकुमार देवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयले शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो । प्रतिष्ठानमा रेक्टर शिक्षाध्यक्ष हुने प्रावधान छ ।