May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

कार्यालय समय सुरु भएपछि गृह मन्त्रालय भित्र सबैले १५ मिनेट अनिवार्य योग गर्नुपर्ने

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:0७
कार्यालय समय सुरु भएपछि गृह मन्त्रालय भित्र सबैले १५ मिनेट अनिवार्य योग गर्नुपर्ने
  • विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्नुपर्ने 
  • अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख
  • कर्मचारीहरु नै दैनिक कहाँ र कसरी योग गर्ने हो भन्ने अलमलमा
  • मन्त्रालयले दैनिक योग गर्न कुनै विशिष्ट विधि तोकेको छैन

काठमाडौं ।।

गृह मन्त्रालयले बुधबार आफ्ना कर्मचारीहरुलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ । मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ । यसले कार्य क्षमता बढाउने मन्त्रालयको तर्क छ । मन्त्रालयले दैनिक योग गर्न कुनै विशिष्ट विधि तोकेको छैन । कर्मचारीहरु नै दैनिक कहाँ र कसरी योग गर्ने हो भन्ने अलमलमा छन् । धेरैले भने यो निर्णयको औचित्य र प्रभावकारिता माथि प्रश्न उठाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जोडबलमा शनिबार मात्र सशस्त्र प्रहरी बलको हलमा राष्ट्रपति, प्रधानन्यायाधीश समेतलाई उपस्थित गराएर एकदिवसीय ध्यान विज्ञान शिविर गरिएको थियो । त्यसकोे चार दिनपछि मन्त्रालयले महाशाखाहरुमा कार्यरत अधिकृत स्तरका कर्मचारीले विहान १०ः०० देखि १०ः१५ बजेसम्म १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्र गरेको छ ।

मन्त्रालयका अनुसार मन्त्रालय, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका कर्मचारीहरु शनिबार एकदिवशीय ध्यान विज्ञान कार्यक्रममा सहभागी भइसकेका छन् । अब अरु कार्यालयका कर्मचारीलाई पनि ध्यान विज्ञान कार्यक्रम राख्ने र त्यसपछि मन्त्रालयमा जस्तै १५ मिनेट योग अभ्यास गराउने तयारी छ । मन्त्रालयका सचिव दिनेश भट्टराई ध्यान र योगले स्वस्थ मन र स्वस्थ शरीर बनाउने भएकाले कर्मचारीमा कार्य क्षमता बढाउन यस्तो निर्णय गरिएको बताउँछन् । ‘यसले राम्रो नतिजा दिन्छ भन्ने अपेक्षा छ,’ उनले भने, ‘स्वच्छ मन र स्वस्थ र जाँगरिलो शरीरले सेवाग्राहीलाई सन्तुष्टि दिने उद्देश्य हो ।’

कतिपय पूर्व प्रशासक भने निजामती कर्मचारीहरुलाई योग गर्न उत्प्रेरित गर्नु सही भए पनि कार्यालय समयभित्र नै गर्न निर्देशन दिनुलाई उचित मान्दैनन् । पूर्वसचिव बिमल वाग्ले योग गर्न भन्नु आफैंमा नराम्रो मान्दैनन् । तर, उनको प्रश्न छ, ‘के अहिलेको अवस्थामा गृह प्रशासनको प्राथमिकता यस्तो विषय हुनुपर्ने हो र ?’ चाडबाडको मुखमा फाटफुट रुपमा अनुगमन हुँदा हरेकजसो पसल, होटलमा अखाद्य वस्तु र विषादियुक्त तरकारी भेटिएको भन्दै पूर्वसचिव वाग्लेले कर्मचारीलाई योग गराउनुको साटो मानवस्वास्थ्य प्रतिकुल हुने गरी बजारमा भइरहेका गतिविधि नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।