April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न

छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:३४
छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी

कञ्चनपुर । उपभोक्ताबाट चर्को ब्याज असुलेको आरोप लगाउँदै नेकपा (बहुमत)का कार्यकर्ताले मंगलवार शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन्।

बहुमतका नगर इन्चार्ज बहादु सिंह महरा (सन्दर्भ) का अनुसार वित्तीय संस्थाले महिलाहरूलाई ऋण प्रवाह गर्दा सास्ती दिने र भेदभाव गर्ने गुनासो, किस्ता अनुसाल गर्ने क्रममा सेवाग्राहीलाई जबरजस्ती र दुर्व्यवहार गर्ने गरेका कारण तालाबन्दी गरिएको छ।

विभिन्न स्किमको प्रलोभन देखाएर सेवाग्राहीलाई ठगी गरेको, उपभोक्ताको बचत बुक जफत गरेर संस्थामा राख्ने गरेको, सेवाशुल्क, बीमा फाइलिङका नाममा गैरकानुनी तरिकाले रकम असुल्ने गरेको जनगुनासो आएपछि तालाबन्दी गरेको उनको भनाइ छ।

संस्थामा काम गर्ने कर्मचारीलाई न्यून तलबमा काम लगाई श्रम शोषण गर्ने गरेको उनले बताए। नगरपालिकामा मिटर ब्याज लिनेहरूलाई नियमन गर्नका लागि ज्ञापनपत्र समेत बुझाइएको छ।

यसैगरी बहुमतका कार्यकर्ताले तीन दिनअघि वेदकोट नगरपालिकास्थित नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडमा समेत तालाबन्दी गरेको थियो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।