April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १६:१२
नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा

वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् । नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धी, बिजुलीबत्ती र इन्टरनेट जडानमा भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण र उपलब्धिहरु, करारका कर्मचारीहरुको नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि, तलब, पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रिया सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने उनको अडान छ ।

विकास कार्यका सम्पूर्ण योजनाको विवरण र भुक्तानीका कागजात, दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि, हालसम्म्म भएको खर्च रकमको शीर्षक सहितको मास्केवारी विवरण, नगर सभाहरुको निर्णयको प्रतिलिपि, कोरोना पीडितहरुलाई दिएको रकमको विवरण, नगरपालिकाको नाममा रहेका सम्पूर्ण बैंक खाताहरुको विवरण सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

त्यसैगरि गरुडा चिनी मिलको मैदानमा मेयरको उपस्थितिमा सार्वजनिक सुनवाइ कार्यक्रम गरिनुपर्ने माग पनि उनले अघि सारेका छन् । अन्नपानी केहि पनि नखाइ दुई दिनअघिदेखि अनसनमा बसेका यादवको स्वास्थ्य अवस्था खराब बन्दै गइरहेको छ । गरुडा अस्पतालका चिकित्सकले अनसनस्थलमै सलाइन पानी चढाएर उपचार गरेका छन् । जन सरोकारको मुद्दालाई लिएर धर्नामा बसेको यादवले बताएका छन् ।

अनसनमा बसेका यादवसँग मंगलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले भेटघाट गरेका छन् । भेट लगत्तै कार्यपालिकाको आकस्मिक बैठक डाकिएको छ । बैठकमा अनसनमा बसेका यादवले उठान गरेका मागहरु कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।

‘उहाँले एक पटक सूचना हक अन्र्तगत निवेदन दिएर सूचना माग गर्नुभएको थियो, हामीले तीन दिन भित्रै दिएका पनि हौं’, उनले भने, ‘पछि दोस्रो निवेदन ल्याउनुभयो, सूचनाहरु संकलन गर्दै थियौं, अनसनमा बस्नुभयो । माग पुरा गर्नका लागि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न आकस्मिक कार्यपालिका बैठक बसिरहेको छ ।’

सूचनाको हक सम्बन्धी ऐन २०७४ को दफा ७ अनुसार माग गरिएको सूचना १५ दिनभित्र दिन सक्ने व्यवस्था रहेको र सोही अनुसार तयारी भइरहेको उनको भनाइ छ । मेयरको उपस्थितिमा सार्वजनिक सुनुवाइ हुनुपर्ने भन्ने माग सम्बोधनका लागि कार्यपालिका बैठकले मिति र स्थान तोक्ने उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।