दमक/ सिटी सफारीबाट फर्निचरका सामान अनलोड गर्ने क्रममा एक्कासी सफारी गुडदा भएको दुर्घटनामा दमक ५ का रणबहादुर खडकाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार आइतबार बेलुकी ७ बजे शिवसताक्षी १ धरमपुरका कुशल लिम्बुको घरमा मे १ ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खडकाले सामान अनलोड गर्ने क्रममा एक्कासी सिटी सफारी गुडेर सफारी चालक खडकालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका ४८ बर्षिय खडकाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा रातीनै मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
त्यसैगरी सोही दिन बेलुकी ५ बजे शिवसताक्षी १ शुक्रबारेस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प ६५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घट्ना हुँदा चालक शिबसताक्षि १ धरमपुरका अन्दाजी ३५ बर्षिय अमिर मुखिया घाईते भएका छन । उनको बाँया हातको ३ वटा औला भाँचिएकाले दमकमा प्रारम्भिक उपचारपछि विर्तासिटी अस्पताल विर्तामोड पठाइएको छ । त्यसैगरी झापाको झापा गाउँपालिका वडा नं ४ स्थित भित्रि पक्की सडकमा आइतबार साँझ सवा ६ बजे पश्चिमबाट उत्तर तर्फ जाँदै गरेको मे३प ५३२६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मे११प ६००५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मे११प ६००५ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका ३२ बर्षिय भुवन सुबेदी गम्भिर मोटसाइकलमा सवार सोही ठाउँकी ३१ बर्षिया सबिता रिजाल, छोरी १ बर्षिया सिवाना सुबेदी र अर्का मोटरसाइकल चालक वडा नं ७ का २२ बर्षिय नवराज कार्की सामान्य घाईते भएका छन । उनीहरुलाई बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएको छ ।