sweet bonanza
January 22, 2026 | बिहिबार, माघ १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महानगरले काठमाडौं प्लाजा भाडामा लियो, नेपाल ट्रष्टसँग १० वर्षको सम्झौता

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:५७
महानगरले काठमाडौं प्लाजा भाडामा लियो, नेपाल ट्रष्टसँग १० वर्षको सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिने पक्का भउको छ ।

महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको छ । नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो । पाँच बर्षपछि १० प्रतिशतलेभाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ ।

पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ् छ ।

काठमाडौं प्लाजालाई महानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने बताएको छ । हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन गरिनेछ ।

समहति भएसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल सार्न निर्देशन दिइसकेको बताएका छन् । सेवा अवरोध नहुने गरी विभागहरूलाई सारिने उनले बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्