sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:३१
हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

काठमाडौं । ‘छक्कापञ्जा ४’को दबदबा कायमै रहँदा शुक्रबारदेखि नेपाली हलमा हलिउडको ‘जोन वीक : च्याप्टर ४’ र जापानी फिल्म ‘डेमन स्लेयर : किमेत्सु नो याइबा–सोडस्मिथ भिलेज’ रिलिज भएका छन् । यी दुवै विदेशी फिल्म विश्व बजारका प्रतीक्षित फिल्महरु हुन् ।

केनु रिभ्स स्टारर ‘जोन वीक : च्याप्टर ४’ चाड स्टेहेल्स्कीद्वारा निर्देशित नोयर–एक्सन–थ्रिलर फिल्म हो । यो फिल्म सन् २०१९ मा रिलिज भएको ‘प्याराबेलम’को श्रृंखला र जोन वीक सिरिजको चौैथो अध्याय हो । शीर्ष भूमिकामा अभिनेता रिभ्सको भूमिका छ भने डोनी येन, बिल स्कार्सगार्ड, लरेन्स फिसबर्नका महत्वपूर्ण भूमिकामा छन् ।

शीर्ष पात्रले स्वतन्त्रता प्राप्तिका लागि विश्वभर छरिएर रहेको दुश्मनको गठबन्धनसँग गर्नुपर्ने लडाइ यसको केन्द्रीय कथावस्तु हो । जोन वीक सिरिजका नियमित दर्शक र केनु रिभ्सका प्रशंसकलाई यो फिल्म रुचिकर हुन सक्छ । हलिउड समीक्षकले यो फिल्मलाई जोन वीक सिरिजकै उत्कृष्ट फिल्म भएको बताएका छन् । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने यो दर्शनीय हुन सक्छ ।

‘डेमन स्लेयर’ जापानी एनिमे फिल्म हो जुन त्यहाँको सोहेन मांगा भनिने कमिक सिरिजको कथावस्तुमा आधारित छ । यो फिल्म एनिमे टेलिभिजन श्रृंखलाको दोस्रो सिजन तथा सन् २०२० मा रिलिज भएको ‘किमेत्सु नो याइबा’को दोस्रो शृंखला हो । हारुओ सोतोजाकीद्वारा निर्देशित फिल्मले अहिलेसम्म विश्व बक्स अफिसमा ४८.२ मिलियन डलर कमाएको छ ।

उक्त फिल्ममा माथिल्लो तहका ६ वटा राक्षसको पराजयपछि उनीहरु इन्फिनिटी क्यासलमा भेला हुन्छन् र पुनः जितको लागि संघर्ष गर्छन् । एनिमे सिरिजका नियमित दर्शकलाई यो फिल्म रुचिकर हुन सक्छ । यो फिल्मको लम्बाइ १ घण्टा ५० मिनेट छ । नेपालमा अहिले पनि ‘छक्कापञ्जा ४’, ‘तु झूठी मैं मक्कर’, मिसेस चटर्जी भर्सेस नर्वे र साजम ः फ्युरी अफ द गड्स प्रदर्शन भइरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid