April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:३१
हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

काठमाडौं । ‘छक्कापञ्जा ४’को दबदबा कायमै रहँदा शुक्रबारदेखि नेपाली हलमा हलिउडको ‘जोन वीक : च्याप्टर ४’ र जापानी फिल्म ‘डेमन स्लेयर : किमेत्सु नो याइबा–सोडस्मिथ भिलेज’ रिलिज भएका छन् । यी दुवै विदेशी फिल्म विश्व बजारका प्रतीक्षित फिल्महरु हुन् ।

केनु रिभ्स स्टारर ‘जोन वीक : च्याप्टर ४’ चाड स्टेहेल्स्कीद्वारा निर्देशित नोयर–एक्सन–थ्रिलर फिल्म हो । यो फिल्म सन् २०१९ मा रिलिज भएको ‘प्याराबेलम’को श्रृंखला र जोन वीक सिरिजको चौैथो अध्याय हो । शीर्ष भूमिकामा अभिनेता रिभ्सको भूमिका छ भने डोनी येन, बिल स्कार्सगार्ड, लरेन्स फिसबर्नका महत्वपूर्ण भूमिकामा छन् ।

शीर्ष पात्रले स्वतन्त्रता प्राप्तिका लागि विश्वभर छरिएर रहेको दुश्मनको गठबन्धनसँग गर्नुपर्ने लडाइ यसको केन्द्रीय कथावस्तु हो । जोन वीक सिरिजका नियमित दर्शक र केनु रिभ्सका प्रशंसकलाई यो फिल्म रुचिकर हुन सक्छ । हलिउड समीक्षकले यो फिल्मलाई जोन वीक सिरिजकै उत्कृष्ट फिल्म भएको बताएका छन् । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने यो दर्शनीय हुन सक्छ ।

‘डेमन स्लेयर’ जापानी एनिमे फिल्म हो जुन त्यहाँको सोहेन मांगा भनिने कमिक सिरिजको कथावस्तुमा आधारित छ । यो फिल्म एनिमे टेलिभिजन श्रृंखलाको दोस्रो सिजन तथा सन् २०२० मा रिलिज भएको ‘किमेत्सु नो याइबा’को दोस्रो शृंखला हो । हारुओ सोतोजाकीद्वारा निर्देशित फिल्मले अहिलेसम्म विश्व बक्स अफिसमा ४८.२ मिलियन डलर कमाएको छ ।

उक्त फिल्ममा माथिल्लो तहका ६ वटा राक्षसको पराजयपछि उनीहरु इन्फिनिटी क्यासलमा भेला हुन्छन् र पुनः जितको लागि संघर्ष गर्छन् । एनिमे सिरिजका नियमित दर्शकलाई यो फिल्म रुचिकर हुन सक्छ । यो फिल्मको लम्बाइ १ घण्टा ५० मिनेट छ । नेपालमा अहिले पनि ‘छक्कापञ्जा ४’, ‘तु झूठी मैं मक्कर’, मिसेस चटर्जी भर्सेस नर्वे र साजम ः फ्युरी अफ द गड्स प्रदर्शन भइरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट