September 29, 2023 | शुक्रबार, अशोज १२, २०८०
सुचनाहरु
श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित एमाले अधिवेशनको तयारी मै विवाद आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य कोसी सरकारको सार्वजनिक बिदासहित ६ निर्णय सार्वजनिक नियम उल्लंघन गर्ने ३५० हेलिकप्टरलाई उडानमा रोक लगाइयो एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे ३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर) अध्यक्ष लिङ्देन कतार प्रस्थान प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित) राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान विवाहको रत्यौली भन्दा कम छैन शिक्षक आन्दोलन क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति डाक्टरहरुको प्रदर्शन जारी संविधानले व्यवस्था गरेको बाँकी कुरा कार्यान्वयनमा ल्याउनु पर्ने छ : सभामुख घिमिरे गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

फागुन २१ आज : सुखानी हत्या काण्डको सम्झना

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २२, २०७९ 0८:५४
फागुन २१ आज : सुखानी हत्या काण्डको सम्झना

झापा । फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक दिन । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहको बिष्फोटक दिन हो । यसै दिन विद्रोहमा संलग्न भएकै कारण इलामको माईनगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवाहरुलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो ।

झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । उनीहरुले सहादत्त प्राप्त गरेको सुखानी नेपाली कम्युनिस्टहरुको श्रद्धा स्थलको रुपमा रहँदै आएको छ ।

हरेक वर्ष फागुन २१ मा नेकपा एमालेले विविध कार्यक्रमको आयोजना गर्दै सुखानीका शहीदहरुलाई सम्झिने गरेको छ । ५० वर्षअघि कम्युनिस्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित रहेको छ ।

झापा विद्रोहको जड
नेपालको कम्युनिस्ट आन्दोलन परिपक्व नभई छिन्नभिन्न भइरहेका बेला झापाका केही कम्युनिस्टहरुले वर्गशत्रु खत्तम अभियान चलाए । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०२५ सालतिर पुग्दा यसको रापले केही झापाली युवाहरुलाई उमालिसकेको थियो ।

त्यहि बेला कोअडिर्नेसन कमिटी, झापाले तत्कालीन समाजमा भूमिपति ठहरिएका र गरिबमाथि अन्याय गर्नेहरुलाई वर्गशत्रुको विशेषण दिए । र, उनीहरुको सफाय अभियान चलाए । यही अभियान वा आन्दोलनले नै नेपाली राजनीतिमा झापा विद्रोहको नामबाट चिनिन्छ ।

खासमा वर्गशत्रु खत्तम अभियान लिएर सुरु भएको झापा विद्रोहको पहिलो कारबाही २०२८ जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिरगढीका एक जमिनदारको हत्या गरिएको थियो । यसलाई झापा विद्रोहको पहिलो कारबाही मानिएको झापा बिद्रोहका अगुवाहरु बताउँछ । पञ्चायती बर्बरताले जनतालाई थिलथिलो बनाउन थालेपछि वर्गशत्रु सफायाको अभियान थालेका आन्दोलनकारीहरु धमाधम पक्राउ परे ।

त्यही क्रममा आन्दोलनका अगुवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ पनि पक्राउ परे । उनीहरुलाई झापा कारागारमा राखिएको थियो । प्रशासन समक्ष आत्मसमर्पण गर्ने छाँट नदेखाएपछि २०२९ फागुन २१ मा उनीहरुलाई इलाम कारागार सरुवा गर्ने भनियो । र, झापाको शनिश्चरे हुँदै इलाम लाने भनी झापा र इलामको सीमावर्ती क्षेत्र इलामको सुखानीमा पु¥याएर गोली हानी हत्या गरिएको थियो ।

चार दशकपछि शहीद
झापा बिद्रोहको जगमा उभिएर पटकपटक बाम नेतृत्वको सरकार बने पनि त्यही बिद्रोहका क्रममा शासकहरुबाट मारिएकाहरुले शहीदको मान्यता पाउन चार दशकभन्दा लामो समय लाग्यो ।

उनीहरुलाई केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले शहीद घोषणा गरेको थियो । त्यस समय सरकारले झापा विद्रोहकै आन्दोलनकारी झापाकै चन्द्र डाँगी, पञ्चायती व्यवस्थाविरुद्ध लडेकै कारण मारिएका इलामका रत्नकुमार बान्तवा, ताप्लेजुङका हरि नेपाल, सिन्धुलीका ऋषि देवकोटा ‘आजाद’ सहित २२ जनालाई शहीद घोषणा गरेको थियो ।

यस्तै, सुदूर पश्चिमका पुराना किसान नेता भीमदत्त पन्तलाई पनि शहीदको मान्यता दिएको थियो । दुर्गानन्द झा, क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, सूर्यनाथ यादव, चन्द्रबहादुर पुरी, राम उपाध्याय, लक्ष्मण उपाध्याय, लीलानाथ दाहाल, ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल, गोकर्णबहादुर कार्की र शमशेरबहादुर खत्रीलाई पनि सरकारले शहीद घोषणा गरेको थियो ।
सम्झनामा पार्क
पाँच जनालाई गोली हानिएको सुखानीमा एउटै जरा भएर पाँच वटा लामपातेका रुख हुर्किएको छ । अरुलाई शिलता प्रदान गर्ने रुखको रुपमा शहीदहरुको पुनः जन्म भएको भन्दै पुनर्जन्ममा विश्वास नगर्ने वामपन्थीहरुले भने यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै लगेका छन् ।

यहाँ शहीद स्मारकसँगै विभिन्न संरचनाहरु निर्माणाधीन छन् । सहादत्त स्थलभन्दा केही दक्षिण, झापाको शनिश्चरेमा सुखानी शहीद स्मृति पार्क बनाइएको छ । यो स्थान पर्यटकीय क्षेत्रका रुपमा स्थापित हुँदै गएको छ । पुरानो भिमसेन होलीलाई व्यवस्थित बनाई कछुवा उद्धार तथा प्रजनन केन्द्रको रुपमा स्थापना र सालवारी क्षेत्रलाई पार्क बनाइएपछि अवलोकनकर्ताहरुको आकर्षण पनि बढ्दै गएको छ ।

झापा विद्रोहका पाँच शहीदको प्रतिमासहितको पार्क झापाको उदीयमान पर्यटकीय क्षेत्र बन्दै गएको हो । यहाँ २२ हेक्टर जमिनलाई संरक्षण गरी वनभोज तथा अध्ययन स्थलको रुपमा विकसित गरिएको छ भने पार्कसँगै रहेको कछुवा उद्धार तथा प्रजनन केन्द्र पनि जैविक विविधताको अध्ययन गर्नेहरुको आकर्षण बन्दै गएको छ । शहीदहरुको योगदानको सम्मान र वातावरणीय संरक्षणका लागि पार्कको स्थापना गरिएको सुखानी शहीद स्मृति प्रतिष्ठानले जनाएको छ । यो प्रतिष्ठान तत्कालीन नेकपा एमालेका नेताहरुले सञ्चालन गर्दै आएका छन् ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २२, २०७९ 0८:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट