काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले शुक्रबार ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले ट्वीटमा भनेका छन्, ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दुःखी छु। ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो।