May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

आन्दोलन नगरी शरणार्थी प्रकरण र ललिताको मौनता नहट्ने भो : अर्जुनरसिंह केसी

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १३:५0
आन्दोलन नगरी शरणार्थी प्रकरण र ललिताको मौनता नहट्ने भो  : अर्जुनरसिंह केसी
  • ललितानिवास र शरणार्थी प्रकरणको मौनताले पार्टीले क्षति व्यहोर्छ 
  • यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्छ 
  • पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् 

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका कारण पार्टीमाथि भ्रष्टाचारको संरक्षक रहेको आरोप लाग्ने गरेको उनले सुनाए । ‘यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।

ललितानिवास र नक्कली भुटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौं,’ केसीले भने । त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनले कौतुहलमय सनसनी उब्जेको उनले पार्टी बैठकमा बताए । ‘भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस्,’ केसीले भने ।

नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको र गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख रहेको केसीले बताए । सभामुख पद गुमेकोप्रति केसीले नेतृत्वसँग जवाफ मागेका छन् । ‘सभामुख पद कसरी गुम्यो ? एमाले नेतृत्वको निरंकुशताका विरुद्धमा एउटै मिसन लिएर जुटेका प्रचण्ड र माधव नेपाल पनि किन हामीबाट अलगिनु पर्ने स्थिति आयो ?’ केसीले बैठकमा प्रश्न राखे ।

गठबन्धन टुट्ने अवस्था पुग्दा समेत पार्टी बैठकको महत्व नदेखिएकोप्रति उनले आश्चर्यता प्रकट गरे । ‘पदाधिकारी समेतलाई किन अलग गराइयो ? यसको जिम्मेवार को ?’ बैठकमा केसीले भने । एक वर्षको अवधिमा मुलुकमा धेरैवटा गम्भीर घटना र परिस्थिति उत्पन्न भए पनि केन्द्रीय समितिको बैठक आह्वान नगरेकोप्रति केसीले असन्तुष्टि व्यक्त गरे ।

 

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।