May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

भोक तिर्खाको प्रवाह नगरी नागरिकता बनाउन लाइनमा

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० ११:३८
भोक तिर्खाको प्रवाह नगरी नागरिकता बनाउन लाइनमा
  • नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड
  • बिहान झिसमिसेदेखि नै लाइनमा
  • लाइनमा बसेकाहरू भोकभोकै छन्
  • नागरिकता बनाएपछि खाना खान जाने
  • सोमबार पहिलो दिन १२८ जनालाई नागरिकता वितरण गर्यो 

विराटनगर ।।

नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् । नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् ।

धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताए ।

घरबाट एक घण्टा साइकल कुदाएर प्रशासन कार्यालयमा आएको बताउँदै उनले भने, ‘बिहानैदेखि बसेको छु, भात खाएको छैन, नागरिकता बनाएपछि खाना खान जाने ।’

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक अनुसार सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार पहिलो दिन १२८ जनालाई नागरिकता वितरण गरेको जनाएको छ । नागरिकता वितरणका लागि कोठा नम्बर १६ छुट्याइएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।