sweet bonanza
January 24, 2026 | शनिबार, माघ १२, २०८२
सुचनाहरु
Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकृत आजदेखि अवकाशमा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:१८
आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकृत आजदेखि अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबारबाट अवकाश पाउँदैछन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन् । उनीहरुलाई एक महिना अघि नै प्रहरी किताबखानाले अवकाशको पत्र थमाइसकेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार आईजीपी सिंहसहित अधिकृतहरुको विदाइका लागि शुक्रबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा विदाइ कार्यक्रम राखिएको छ ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी अवकाशमा जाँदैछन् । त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदैछन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि शुक्रबारबाट अवकाशमा जानेछन् । आईजीपी सिंहको टोली २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको थियो ।

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक सिंहले एक वर्ष मात्रै प्रहरीको नेतृत्व गर्न पाए । उनले कार्यकालको अन्तिममा सेवा अवधि हटाउने प्रयास गरेपनि सफल भएन ।

यसैबीच, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्न केहिवेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

तीन दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्ये एक जनालाई सरकारले महानिरीक्षकमा बढुवा गर्नेछ ।

मन्त्रिपरिषद्को निर्णय चाँडै आए महानिरीक्षकको स्वागत र विदाइ एकसाथ गर्ने प्रहरी प्रधान कार्यालय, नक्सालको तयारी छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid