April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:0९
पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै
  • सुनको जलहरी प्रकरणको अनुसन्धान हुँदै 
  • अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्दै 
  • जलहरी राख्दा असल मनसायले काम नभएको खुलाशा  

काठमाडौ ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरी प्रकरणको अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष आयोगले निकालेको स्रोतको दाबी छ ।सो अनियमितता प्रकरणबारे अर्को साता अदालतमा मुद्दा दायर गर्ने तयारी अख्तियारले गरेको छ । अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्न लागेको हो ।

अख्तियार स्रोतले भन्यो, “जलहरी राख्दा असल मनसायले काम भएको छैन । सुरुमा अनियमितता पनि भएको छ । पछि विवाद हुँदा सुन थप्ने काम भएको देखिन्छ ।” अख्तियारको अनुसन्धानले मुख्यतय मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्काअनुसार जडान नगरिएकालाई पहिलो अनियमितताको आधार मानेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा पशुपति विकास कोषले पशुपति मन्दिरमा चाँदीको जलहरीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो । सुरुमा एक सय किलो राख्ने निर्णय गरेपनि पछि त्यसलाई बढाएर १०८ किलो सुन राख्ने निर्णय भएको थियो । २०७७ फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी राखेको घोषणा गरेकी थिइन् ।

विकास कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको हिसाब किताव छ । त्यसमा दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंकसमेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम भएको विकास कोषको भनाइ छ । तर, जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । सो विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो । सोही प्रकरण पछि कोषकै केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए ।

कोषले जलहरी बाहेक सुनको पेटी बनाएको दाबी गरेको थियो । २०८० असार १० मा अख्तियारको टोलीले मन्दिरबाट जलहरी निकालेर सुन जोखेको थियो । सो विषयमा अख्तियारको कार्यालय औपचारिक रूपमा बोलेको छैन । कोषका अनुसार त्यो बेला जलहरी र पेटी जोख्दा १०७ किलो ४६८ ग्राम सुनको तौल पुगेको थियो । त्यसमध्ये करिब ९ किलो सुनको पेटी थियो । सुनको जलहरी राख्दा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा हालका सदस्य सचिव मिलन थापा र सदस्य सचिवमा प्रदिप ढकाल थिए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।