sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धनगढीको एसपीए कलेजका प्रमुखमाथि दुर्व्यवहार, नेविसंघका २ जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२४
धनगढीको एसपीए कलेजका प्रमुखमाथि दुर्व्यवहार, नेविसंघका २ जना पक्राउ

धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ । शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमसो दलेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कालोमसो दलको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थीलाई पक्राउ गरिएको जानकारी दिए । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

उनकाअनुसार प्रमुख गौतमले कक्षा कोठामा विद्यार्थीलाई पढाइरहेका बेला बाहिर बोलाएर कालोमसो दलेको जानकारी आएको तर घटनाबारे अनुुसन्धान भइरहेको छ ।

नेविसंघले विद्यार्थी परिषद्को निर्वाचनको विषयलाई लिएर बिहीबार कलेजमा तालाबन्दी गरेको थियो । तालाबन्दीकै बीच कलेजले शुक्रबार परिषद्को निर्वाचन प्रक्रिया अघि बढाएको थियो ।

परिषद्को अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाहेकको उम्मेदवारी नपरेपछि निर्वाचन समिति सर्वसम्मत कार्य समिति चयन भएको घोषणा गरेको थियो ।

जसअनुसार परिषद्को अध्यक्षमा नेशिव धिमाल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा शुलभ थापा र गीता जोशी, सचिवमा अरुन महरा, कोषाध्यक्षमा धिरेन्द्र नाथ योगी, सहसचिवमा सविनकुमार बोहरा पनि सर्वसम्मत भएका छन् । सदस्यहरुमा अर्जुन चदारा, सुुरेन्द्रप्रसाद जोशी र आंचल उपाध्याय चयन भएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid