March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
प्रहरीको नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद बस्दै प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास सुपारी र कुखुराको अवैध आयात रोक्न माग ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई जना घाइते

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:३१
अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई जना घाइते

झापा । अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो ।
मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । मृतकको शव उनका आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेका छन् । मृतक परियार फरक क्षमताका थिए । उनको शरीर सामान्य मानिसको भन्दा अस्वभाविक बढी मोटो थियो । शरीर मोटो भएकै कारण भाग्न नसक्दा अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दा एवं पत्रकार उजुर राईले बताउनुभयो । मृतक परियार मावली घर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका थिए ।

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट