July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

१५ प्रतिशतले वृद्धि, सुनचाँदीको भन्सार महसुल

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:१५
१५ प्रतिशतले वृद्धि, सुनचाँदीको भन्सार महसुल

काठमाडौं । सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार वृद्धि गरेका हुन् ।

यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेकोमा अब त्यो १५ प्रतिशतले वृद्धि भएर १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएकोमा १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको भन्सारका कारण अब प्रति १० ग्राम सुनको मूल्यमा भन्सार महसुल १२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

मंगलबार सोहीअनुसार सुन र चाँदीको मूल्य समायोजन गरेर महासंघले नयाँ मूल्य तोकेको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार एक सय र तेजावी सुनको मूल्य १ लाख ७ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको थियो ।

सरकारले बढाएको भन्सार दर समायोजन गर्दा मूल्य बढेको महासंघका अध्यक्ष मानिकरत्न शाक्यले बताए । अब १० लाख रुपैयाँ भन्दा बढीको सुनचाँदी एकै पटक खरिद गर्दा पनि थप २ प्रतिशत कर विलासिता कर लाग्ने भएकाले सुन थप महँगो हुने महासंघले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्