sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेस र एमाले मिले राजनीतिक फोहोरी खेल बन्द हुन्छ: महेश बस्नेत

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ ११:0९
कांग्रेस र एमाले मिले राजनीतिक फोहोरी खेल बन्द हुन्छ: महेश बस्नेत

नेपालगञ्ज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।

उनले कांग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने बारेमा औपचारिक कुराकानी नभए पनि कांग्रेस र एमालेभित्र मिलेर जानु पर्छ भन्ने मत बाक्लो रहेको जिकिर गरे।

बस्नेतले कांग्रेस र एमाले मिल्दा प्रचण्डको च्याखे दाउ सकिने बताए।

पोलिटब्यूरो सदस्य बस्नेतले अस्थिर चरित्रको नायक प्रचण्ड रहेको, च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोपसमेत लगाए।

युवा विभाग इन्चार्जसमेत रहेका बस्नेतले चैत्र २७-२९ गते नेपालगञ्जमा हुने राष्ट्रिय युवा संघको नवौ महाधिवेशनले कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्ने बताए।

उनले सबै प्रदेशमा पदाधिकारी र केन्द्रीय सदस्य समेट्ने गरी नयाँ कार्य समिति बनाउने पनि जानकारी दिए।

युवा संघका उपाध्यक्ष सन्तोष रावलले दशकपछि हुन थालेको महाधिवेशनलाई नमूनायोग्य बनाउने बताउँदै उद्घाटनमा १० हजार बढी सहभागी हुने र बन्दसत्रमा दुई हजार सहभागी हुने बताए।

प्रेस चौतारी, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, युवा नेता रविन्द्र लम्साललगायतको उपस्थिति रहेको थियो।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid