May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

राष्ट्रिय स्वतन्त्र पार्टी अन्य दलको पछी लागेर हिड्दैन :रास्वपा सचेतक

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० ११:५९
राष्ट्रिय स्वतन्त्र पार्टी अन्य दलको पछी लागेर हिड्दैन :रास्वपा सचेतक
  • सुनकाण्डमा अनुसन्धान जारी रहेकोले रास्वपा संसदमा नबोल्ने
  • रास्वपा सत्य, तथ्य नबुझी अगाडी नबढ्ने संसदमा पनि मौन नीति लिने तयारीमा
  • अन्य दलले आ-आफ्ना बिचार राखेपनि उसकै पछी नलाग्ने रास्वपाको अडान 

भक्तपुर । रन्जना काफ्ले ।।

रास्वपा फरक धार र गहिरो सोचाइ राख्ने पार्टी भएकोले अरुको कुरा सुनेर हिड्दैन, आफ्नो हिसाबले चल्छ, अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति राष्ट्रिय स्वतन्त्र पार्टीले लिने भएको छ ।

‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारज्यूले भन्नुभयो । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको देखिएन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजिनामा माग्ने तयारी गर्दैछ ।

सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने तयारीमा एमाले रहेको छ ।

तर रास्वपा भने अनुसन्धानमा रहेको विषय भएकोले सत्य, तथ्य नबुझी अगाडी नबढ्ने संसदमा पनि  मौन नीति लिने तयारीमा रहेको छ । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्,तर एमालेको पछि रास्वपा लाग्दैन्,’ प्रमुख सचेतक परियारले भन्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि संसदीय दलको बैठक बस्ने तयारी गर्दैछ  । मंगलबार पनि बसेको थियो जुन बेला पनि रास्वपाको संसदीय दलको बैठक बस्न सक्छ। संसद जस्तो ठाउमा गम्भीर बिषयलाई गम्भीर रुपमा लिंदै, विशेष भूमिका खेल्दै संसदीय दलको बैठकमा छलफल  गर्छौँ । संसदमा जे जस्ता बिषय उठान भए पनि त्यसलाई रास्वपाले समर्थन गर्दै जानु हुदैन भन्ने धारणा रहेको रास्वपाका नेताहरुको भनाइ छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।