April 6, 2025 | आइतवार, चैत्र २४, २०८१
सुचनाहरु
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा

प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३९
प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन  समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’

प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’ आईजीपी कुँवरले भने–‘यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’

विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए ।

प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट