April 2, 2023 | आइतवार, चैत्र १९, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

नेपालको राम्रो सुरुआत, तीन विकेट गुमाएर पीएनजीले बनायो ५७ रन

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ ११:१२
नेपालको राम्रो सुरुआत, तीन विकेट गुमाएर पीएनजीले बनायो ५७ रन

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिदेशीय एकदिवसीय शृंखलामा पीएनजीविरुद्ध राम्रो सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले १६ ओभरमा ५७ रन खर्चिएर तीन विकेट लिएको छ।
नेपालका लागि सन्दीप लामिछानेले दुई ओभरमा सात रन खर्चिएर एक विकेट लिएका छन्। यस्तै,ललित राजवंशीले तीन ओभरमा पाँच रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्।

पाँच ओभरमा २२ रन खर्चिएका करण केसीले एक मेडनसहित एक विकेट लिए। पीएनजीका ओपनर किप्लिन डोरिगा दुई, हिरी हिरी १४ र सेसे बाउ १८ रन जोडेर पभिलियन फर्किसकेका छन्।
घरेलु मैदानमा लिग २ को अन्तिम शृंखला खेलिरहेको नेपाल आजको खेलमा जित निकाल्दै शीर्ष तीनमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

नेपालले आज र बिहीबार हुने यूएईविरुद्धको खेलमा जित निकाले शीर्ष तीनमा रहँदै अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।

आइतबार यूएईलाई एक सय ७७ रनले पराजित गर्दै नेपालले एकदिवसीयमा मान्यता आगामी चार वर्षका लागि जोगाइसकेको छ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट