April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मलाई दीपकराज गिरी मन पर्छ : ओली

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० ११:३८
मलाई दीपकराज गिरी मन पर्छ : ओली
  • मलाई दीपकराज गिरी मन पर्छ 
  • राजनीतिबाहेक अरु कुराहरू पनि बुझ्ने प्रयास गर्छु
  • जिन्दगीको एउटै मात्रै आयाम हुँदैन
  • जिन्दगीको एउटै मात्रै रङ हुँदैन 

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हास्य कलाकार दीपकराज गिरी मन पर्ने गरेको बताएका छन् । कलासँगै समाजका विभिन्न विषयमा जानकारी र चासो राख्ने गरेकै कारण दीपक आफूलाई मन पर्ने गरेको उनको भनाइ छ । “जिन्दगीको एउटै मात्रै आयाम हुँदैन । जिन्दगीको एउटै मात्रै रङ हुँदैन । यसका अनेक रङ हुन्छन् । यो बुझ्ने मान्छे मलाई मन पर्छ,” ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको घोषणा समारोहमा सोमबार उनी भन्छन्, “म पनि राजनीतिबाहेक अरु कुराहरू पनि बुझ्ने प्रयास गर्छु । राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । समाजका अन्य पक्ष पनि हेर्नुपर्छ ।”

उनले आफूलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि मन पर्ने गरेको बताए । कारण उनीहरूले जीवनका अनेक रङसँग साक्षात्कार गरेको केपी बताउँछन् । महजोडीको प्रहसन  हास्य मात्रै नहुने भन्दै त्यसभित्र सन्देश पनि हुने गरेको उनको भनाइ छ । “उनीहरूको प्रहसनमा तीतो औषधिलाई सुगर प्रोटेट गरेर पठाइदिएको हुन्छ । समाजका कतिपय तीता पक्ष हुन्छन्, कतिपय अफ्ठ्यारा पक्षहरू हुन्छन् । त्यसमा असहमति जनाउनु पर्ने हुनसक्छ,” केपी भन्छन्, “उनीहरूले विभिन्न कालखण्डमा सेन्सरको समस्या उनीहरूले भोग्नु परेको थियो । एकपटक उहाँहरूको प्रहसन थियो । त्यसमा ०१७ साल भन्नु पर्नेथियो । तर सेन्सरले त्यो भन्न नदिएपछि उहाँहरूले ०१७ नभनेर ०१६ र ०१८ सालको बीचको वर्ष भनेछन् । यो झन कलात्मक सुनियो । सिधै ०१७ भन्दा कलात्मक हुँदैन थियो । यसरीभन्दा झन धेरै कलात्मक भयो ।”

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।