sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ?

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १७:३६
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ?

काठमाडौं । नेकपा एमालेका सांसदले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले दिगो समाधान दिन्छ कि दिँदैन भनी प्रश्न गरेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले सांसद रघुजी पन्तले यस्तो प्रश्न गरेका हुन् । उनले भनेका छन्, ‘यो विधेयक समस्याको साँचो समाधान, दीर्घकालीन समाधान गर्नको लागि हो कि टालटुले गरेर झारा टार्नको लागि मात्रै हो भन्ने प्रश्न खडा भएको छ ।’

संक्रमणकालीन न्याय सबैको सहमतिमा अगाडि बढाउनुपर्ने र त्यस अनुसार सरकारले व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ६० हजार उजुरी रहेको भन्दै पन्तले आगामी दुई वर्षमा ६० हजार उजुरीको छानबिन सकिनेमा आशंका गरे । ‘हतार हतारमा यो समस्यालाई टालटुल पार्नु उचित होइन’ उनले भने ।

सरकारले जनयुद्ध दिवसको रुपमा १ फागुनमा विदा दिएकामा उनले असन्तुष्टि जनाए । आफूहरुले झापा विद्रोहलाई सम्झिने गरेको तर, राष्ट्रिय दिवस नभनेको उल्लेख गर्दै सांसद पन्तले भने, ‘जनयुद्ध दिवस विदा दिइयो, किन दिइयो ? म जनयुद्ध दिवस मनाउँदिन । विदा दिँदैमा जनयुद्ध राष्ट्रिय दिवस हुन्छ ?’

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १७:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid