April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ?

मेयर बालेनले फेसबुकमा ‘दिमाग खराब’को पोस्टर सेयर गर्दै भने – ‘एन अमेइजिङ सिनेमा’

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:१६
मेयर बालेनले फेसबुकमा ‘दिमाग खराब’को पोस्टर सेयर गर्दै भने – ‘एन अमेइजिङ सिनेमा’

निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शकमाझ ‘दिमाग खराब’को प्रतिक्षा दर्शकमाझ छ । आज शुक्रबारबाट प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’लाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सफलतताको शुभकामना दिएका छन् ।

बिहीबार साँझ लबिम मलमा आयोजित प्रिमियर शोमा सिनेमा हेर्न पुगेका बालेनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सिनेमाको पोस्टर सेयर गर्दै एन अमेइजिङ सिनेमा भन्दै सफलताको शुभकामना दिनुका साथै सवैलाई सिनेमा हेर्न आग्रह गरेका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमालाई प्रिमियरमा हेरे पश्चात धेरै उपस्थित पाहुनाले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । साथै, निर्देशक बस्नेत निर्देशित सिनेमा हेरिरहँदा केहीहदसम्म बालेनको चुनाबी अभियानबाट प्रभावीत रहेको पनि भान हुन्छ । आम मानिसको जिवनमा राजनितिले पार्ने प्रभावको कथा बोल्ने सिनेमाले हरेक दर्शकलाई आफ्नै कथा महसुस गर्ने देखिन्छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।