October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

५ हजार धरौटी तिर्न नमानेपछि प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:१९
५ हजार धरौटी तिर्न नमानेपछि प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

काठमाडौँ । धरौटी तिर्न नमानेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ युवालाई जेल चलान गरिएको छ ।

यही चैत ७ गते बानेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र व्यवहारको कसुरमा ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो।

प्रशासनले तोकेको ५ हजार धरौटी नतिर्ने अडान गरेपछि उनीहरूलाई आइतबार कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिए।

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्