April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप

नेपाल र यूएईको खेल अब भोलि

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १६:१४
नेपाल र यूएईको खेल अब भोलि

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ ।

भोलि यहि अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ ।

यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले सोमबार (आज) खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।

टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी छ ।

नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।

मंगलबारको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ । २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् ।

भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट