sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मधेश केन्द्रित चार साना दलद्वारा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १६:३७
मधेश केन्द्रित चार साना दलद्वारा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन

जनकपुरधाम । मधेश केन्द्रित चार साना दलले ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन गरेको छ ।

तराई-मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले मोर्चा बनाएका हुन् । चारै दलका अध्यक्षले आज जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलन गरी मोर्चा गठन गरेको जानकारी गराएका छन् ।

नवगठित मोर्चाले ११ बुँदे साझा अवधारणा-पत्र पनि सार्वजनिक गरेको छ । नागरिकता समस्या समाधान गर्नुपर्ने, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मान, जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतको माग अवधारणा-पत्रमार्फत मोर्चाले अगाडी सारेको छ ।

मोर्चामा आवद्ध दलहरु स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने मुद्दा पनि सम्बोधन हुनुपर्ने माग राखेको छ । यस्तै मधेश आन्दोलन सम्बन्धी लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न मोर्चाले माग गरेको छ ।

अवधारण–पत्र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले गरेका थिए । पत्रकार सम्मेलनमा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, राष्ट्रय सद्भावना पार्टीका अध्यक्ष दिनेश यादवलगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid